कृषिमा मल्टिनेशनल कम्पनी ल्याउने चलखेल किन ?
सरकारले कृषिमा पनि विदेशी लगानी भित्र्याउने निर्णय गरेको छ । स्वदेशी लगानीकर्ताले ३० अर्ब रुपैयाँ लगानी गरेर अहिलेसम्म धानिरहेको कृषि क्षेत्रमा ‘मल्टिनेशनल कम्पनी’ लाई भित्र्याएर आन्तरिक लगानीकर्तालाई मार्न खोजिएको नेपाली लगानीकर्ताको आरोप छ ।
६ महिना अगाडी संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले कृषिमा बाह्य लगानी भित्र्याउन नहुने भन्दै सरकारलाई त्यस्तो कदम नचाल्न निर्देशन दिएको थियो ।
तर, संसद भंग भएको अवस्थामा काम चलाउ सरकारले संसदीय समितिको निर्देशन विपरित कृषिमा सर्त सहित बाह्य लगानी भित्र्याउन दिने भन्ने निर्णय गरेपछि स्वदेशी लगानीकर्ताहरुले आपत्ति जनाएका हुन् ।