काठमाडौँ उपत्यकाको वायु अत्यधिक प्रदूषित


काठमाडौँ। पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँको वायु प्रदूषण दोब्बर भन्दा धेरैले बढेको छ ।

वातावरण विभागका अनुसार आइतबार भैंसेपाटीको एअर क्वाली इन्डेक्स (एक्यूआई) १७३ रहेको थियो भने सोमबार भैंसेपाटीकै एक्यूआई ४०३ पुगेको छ ।
जुन अघिल्लो दिनको तुलनामा दोब्बरभन्दा बढी हो । पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बढेको र वायु अत्यधिक प्रदूषित भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *