राष्ट्रपति ट्रम्पको फोन रेकर्डिङ सार्वजनिक,आफूलाई जिताउन भोटको बन्दोबस्त गरिदिन आग्रह
अमेरिकी राष्ट्रपटि डोनाल्ड ट्रम्पले जर्जियाको मत परिणाम उल्ट्याउनुपर्ने दबाव दिएको फोन कल सार्वजनिक भएको छ। जर्जियाका सेक्रेटरी अफ स्टेट ब्रड राफेन्सपर्जरलाई झन्डै एक घन्टा कुराकानी गर्दै पुन मत गणना गर्न दबाव दिएको फोन कल मिडियाहरुमा सार्वजनिक भएको हो।
अडियो विवरणअनुसार ट्रम्पले ब्रडसँग जर्जियाका मानिसहरु मत परिणामबाट रुष्ट रहेको र पुन मनगणना आवश्यक रहेको दाबी गरेका छन्। उनको दाबीलाई आधारहीन भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन्।
ब्रडसँगको कुराकानीमा उनले कतै धम्की दिन खोजेका छन् भने कतै अनुरोधको प्रयास गरेका छन्।ट्रम्पले फोनमा भनेका छन्, ‘जर्जियाका मान्छेहरु रिसाइरहेका छन्। देशभरका मान्छेहरु पनि रिसाइरहेका छन्। पुन गणना गरेको भनेर बताउँदा केही गलत हुँदैन।’
‘राष्ट्रपतिज्यू, तपाईसँग भएको तथ्यांक नै गलत छ,’ जवाफमा ब्रडले भनेका छन्।एजेन्सी