स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते, यस्तो छ कार्यतालिका
स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचनका लागि असोज १० देखि १६ गतेसम्म दल दर्ता गरिने भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले बुधबार विज्ञप्ति जारी गर्दै असोज ९ गते दल दर्ताको सूचना जारी गरिने जनाएका छन् ।
आयोगले स्वीकृत गरेको कार्यतालिकाअनुसार कार्तिक २७ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ । कार्तिक ३० गते निर्वाचन कार्यालय स्थापना हुनेछ । मंसिर १६ गते उपनिर्वाचन हुने तय भएको छ ।
मंसिर १५ गतेसम्म १८ वर्ष उमेर पुगेकाको नाम मतदाता नामावलीमा अध्यावधिक गरिने आयोगले जनाएको छ ।