सहकारी छानबिन समितिको प्रतिवेदन सांसदहरूलाई उपलब्ध गराइने


सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सांसदहरूलाई उपलब्ध गराइने भएको छ । सहकारी छानबिन समितिले आज बुझाएको प्रतिवेदन सांसदहरूलाई दिइने सभामुख देवराज घिमिरले जानकारी दिए । छानबिन समितिका सभापति सूर्य थापाले प्रतिवेदन बुझाएपछि सभामुख घिमिरेले कार्यान्वयनका निम्ति सरकारलाई पठाउन संसद् सचिवालयलाई निर्देशन दिएका थिए ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिवेदन सांसदले पाउने कि नपाउने भनि सोधेका थिए । उनले सदनबाट गठन भएको समितिको प्रतिवेदन सदनमा नै नदिइ सरकारलाई पठाउँदा अमिल्दो हुने भन्दै ध्यानाकर्षण गराएका थिए ।

उनको जवाफ दिँदै सभामुख घिमिरेले आशंकाबाट मुक्त हुन पनि आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *