मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त


सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गरेको हो ।

वर्तमान मुख्यसचिव लीलादेवी गड्तौलाले शुक्रबार अवकाश पाउँदै छिन् । सोही कारण भदौ १५ गतेदेखि लागु हुने गरी गृह मन्त्रालयमा कार्यरत अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको ।गड्तौला गत साउन १० गते मुख्यसचिव नियुक्त भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *