भारतको गुजरातमा बाढी, २८ जनाको मृत्यु


भारतको गुजरात राज्यमा भारी मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण विगत तीन दिनमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । मौसम विभागले पश्चिमी तटीय राज्यमा बिहीबार थप भारी वर्षा हुने चेतावनी समेत दिएको छ ।

भारी वर्षाका कारण नदीहरूमा पानीको बहाव बढेको छ । नदीनजिक बसोबास रहेका ३० हजारभन्दा बढी मानिस घर छोडेर सुरक्षित स्थानमा स्थानान्तरण भएका छन् ।गुजरात सरकारले बुधबार (हिजो) बाढीमा परेर १३ र घर वा रुखहरूले किचेर अरू व्यक्तिको मृत्यु भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *