२०८१ साल भदौ १३ गते बिहीबारको राशिफल


मेष : नसोचेको धन हात पर्ने योग छ। शुभ समाचार सुन्न पाइने छ। नयाँ वस्त्र धारण गर्ने अवसरले मन शान्त हुनेछ। ठुला व्यक्तिसँगको भेटले धेरै काम बन्नेछन्। काम गर्ने संस्कारको विकास हुनेछ। परिवारमा मेलमिलाप होला।

वृष : तपाईंको योजना अनुरुप काम नहुने दिन छ। वैदेशिक क्षेत्रको लगानीबाट उन्नति नभए पनि आफ्नै देशमा अवसर मिल्नेछ। परिवारमा कुरा बुझाबुझ नहुँदा मनमुटाव हुने योग छ। थोरै बोलेर महत्त्वपूर्ण काम गर्नुपर्ने देखिन्छ। तपाईं शान्त भए परिवारमा खुशी मिल्नेछ।

मिथुन : कला र साहित्यका क्षेत्रमा झुकाब रहने छ। जसबाट नाम, दाम र इनाम प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। तपाईंका साथीबाट भने असहयोग रहे पनि पारिवारिक प्रेममा भने सफलता मिल्नेछ।

कर्कट : पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। आज पुरानो लगानी उठाएर अर्को ठाउँमा ठुलो लगानी नगर्नु राम्रो होला। पर्यटनको क्षेत्रबाट सफलता मिल्नेछ। परिवारको साथ र सहयोग रहने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : तपाईंका योजना दीर्घकालसम्म काम लाग्नेछन्। मनमा उत्साह र उमंग रहने छ। लगानीका क्षेत्रमध्ये वैदेशिक क्षेत्रबाट फाइदा हुनेछ। हतारमा निर्णय नगर्नु राम्रो हुन्छ। मनको कुरा सुरुमै सार्वजनिक गर्ने स्वभावले समस्या हुनसक्छ।

कन्या : शिक्षा क्षेत्रमा प्रगति हुनेछ। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। स्वास्थ्य र सामाजिक क्षेत्रमा काम गर्ने अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। लगानी गर्दा सहकार्य गर्नु फाइदा हुनेछ।

तुला : राजनीतिक क्षेत्रमा सक्रिय हुँदा परिवारमा विवाद हुनसक्छ। ठुलो ठाउँमा नीति निर्माणको जिम्मेवारी प्राप्त हुनेछ। विपक्षी समूह सक्रिय भएकाले सचेत बनेर काम गर्नु राम्रो हुनेछ। विरोधी सक्रिय भए पनि परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : पुरानो कुराले उत्तेजित बनाउने योग छ। शान्त रहन नसके आफैलाई रोगले सताउने जोखिम देखिन्छ। आफूभन्दा ठुला मानिससँग सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। श्रम र लगानीका क्षेत्रबाट उचित पारिश्रमिक प्राप्त हुनेछ। काम गर्नु अगाडि घर सल्लाह आवश्यक देखिन्छ।

धनु : लगानीका क्षेत्र धेरै राम्रा छन्। वैदेशिक क्षेत्रकको लगानीबाट तपाईंको धन बढ्नेछ। धार्मिक कार्यको सुरुवातबाट काम गर्नु राम्रो हुनेछ। धार्मिक प्रवचन सुनेमा धर्मप्रति झुकाब बढ्नेछ। परिवारको साथमा बसेर रमाइलो गर्ने दिन छ।

मकर : शिक्षाको क्षेत्रमा लगानी भए तपाईंको उन्नति हुनेछ। व्यापार सुरु गर्नुपरे सुरुमा संयुक्त रुपमा लगानी गर्नु राम्रो हुनेछ। राजनीतिक क्षेत्रमा ठगको जालोमा पर्ने योग छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। परिवारको इच्छा बुझेर काम गर्न नसेके धोका हुनसक्छ।

कुम्भ : तपाईंले सहयोग गर्नुभएकाबाट नै असहयोग हुनेछ। शिक्षाको क्षेत्रमा तपाईंको सम्पत्तिको संरक्षण हुनेछ। दक्षिणको लामो यात्रामा नजानु राम्रो हुनेछ। संकटमा परिवारको साथ र सहयोग गर्नेछन्।

मीन : धन खर्च हुने दिन छ। अरुले गरेको गल्तीको सजाय तपाईंले पाउने जोखिम छ। माथिल्लो तहका व्यक्तिको डर हुनेछ। थोरै बोलेर जित्नुपर्ने दिन छ। संकटमा तपाईंले साथीको सहयोग पाउने योग छ। बिहानै धार्मिक कार्यमा सहभागी भएमा दिन शान्त बन्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *