एउटा पनि गणनायोग्य काम गरेको छैन
जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले सरकारले गरेको राजदूत सिफारिसप्रति आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै यादवले समानुपातीक समावेशितालाई ख्याल नगरि राजदूत सिफारिस गरिएको भन्दै आपत्ति जनाए ।
उनले संविधानमा रहेको व्यवस्थालाई सरकारले मान्नुपर्छ की पर्दैन भन्दै प्रश्नसमेत गरे । पहिलो र दोश्रो दल मिलेर बनेको सरकार अन्तिम विकल्प भए पनि सरकार ट्रंकलाइनमा अल्झिएको उनले बताए ।
यादवले ठूला कुरा गरेर कुनै काम नगर्न नसक्ने अवस्थामा वर्तमान सरकार देखिएको धारणा राखे । अहिलेको सरकारले भ्रष्टाचारका कुनै फाइल खोल्न नसक्दा जनतामा आशा नदेखिएको उनको भनाइ छ ।