शेयर बजारमा झिनो अंकको सुधार


मंगलबार १११ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बुधबार भने झिनो अंकको सुधार भएर बन्द भएको छ । बुधबार नेप्से ३.८० अंकले बढेर दुई हजार ७ सय ८६ दशमलव ४० विन्दुमा बन्द भएको हो ।

नेप्से परिसूचकमा सुधार भएपनि कारोबार रकम भने घटेको छ । मंगलबार १८ अर्ब ६४ करोड ९५ लाख बराबरको करोबार भएको नेप्सेमा आज १३ अर्ब ७२ करोड ७३ लाख रुपैयाँमा सिमित बनेको छ । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये ९७ वटाको बढेको छ भने १४३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । जसमा लिवर्टी इनर्जी कम्पनी, हिमालयन हाइड्रोपावर कम्पनी र मिडसोलु हाइड्रोपावर कम्पनी रहेको छ ।

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य भने घटेको छ । यस कम्पनीको शेयरमूल्य ६.८८ प्रतिशतले घटेको हो । चन्द्रागिरी हिल्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ४३ करोड ७ लाख बराबरको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *