प्रधानमन्त्री ओलीविरुद्ध टुँडिखेलमा नाराबाजी, बालेनको पक्षमा हुटिङ


प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध काठमाडौंको टुँडिखेलमा नाराबाजी भएको छ । सुदूरपश्चिमको मुख्य चाड गौरा पर्वमा गएका प्रधानमन्त्री ओलीविरुद्ध दर्शकदीर्घाको अन्तिम लहरबाट नाराबाजी भएको हो ।

उनीहरूले ‘केपी तेरो पाराले, दुःख पाएर साराले’सहितका नारा लगाएका थिए । मञ्चको केही टाढाबाट नाराबाजी गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

उनीहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पक्षमा भने हुटिङ गरेका थिए । नाराबाजीको अन्त्यतिर उनीहरूले ‘बालेन, बालेन’ भनेर हुटिङ गरेका थिए ।

सांस्कृतिक पर्वमा आमन्त्रित भएर पुगेका प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने समूहको पहिचान नभएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक एसपी नवराज सुवेदीका अनुसार विरोधमा उत्रिएकाहरू अहिलेसम्म पक्राउ परेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *