कांग्रेस–एमाले घमन्डी, भ्रष्ट पार्टी हुन्


प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा दुई पार्टी ‘सिस्टम’ आउने सम्भावना नरहेको बताएका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले) नेतृत्वको सत्ता गठबन्धनलाई दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादको संज्ञा दिँदै उनले उनीहरूले दुई पार्टी सिस्टम ल्याउने धृष्टता गरे पनि त्यो सम्भव नहुने जिकिर गरे ।

आइतबार काठमाडौंमा आयोजित पार्टी केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रममा उनले नेपालमा दुई पार्टी सिस्टम ल्याउने कुरा कल्पनामा मात्र सीमित हुने टिप्पणी गरे । नेपालमा त्यो सिस्टम असम्भव रहेको उनको भनाइ थियो ।कांग्रेस र एमाले घमन्डी र भ्रष्ट पार्टी रहेको भन्दै उनले उनीहरूले संविधान संशोधनका निम्ति चलाएको हल्ला पनि काम नलाग्ने बताए । दुई ठूला पार्टीले आफूहरूको सहयोगबिना संविधान संशोधनका नाममा ‘कमा’ र ‘फुलस्टप’ पनि परिवर्तन गर्न नसक्ने उनले उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *