पहिलो कारोबार दिनमै ८० अंकले घट्यो नेप्से


साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले घटेर बन्द भएको छ । आज नेप्से ७९.८८ अंकले घटेर दुई हजार ८ सय ९४ दशमलव ५७ विन्दुमा बन्द भएको हो ।

आज नेप्सेमा १९ अर्ब ७४ करोड ५ लाख बराबरको करोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये ६० वटाको बढेको छ भने १८४ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।

आज तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । जसमा तारागाउँ वीन नेपाल लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । यसका साथै आज थ्रीस्टार हाइड्रोपावर लिमिटेडको पनि शेयरमूल्य ९ प्रतिशतले बढेको छ ।

मन्दाकिनी हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयरमूल्य ९.९१ प्रतिशतले घटेको छ । अपी पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ८४ करोड ६८ लाख बराबरको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *