रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिने


वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरि राजपत्रमा प्रकाशित गर्न लागिएको बताएका छन्।आइतबार प्रतिनिधि सभा अन्तरगतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा वन मन्त्री शाहीले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तुमा घोषणा गरि राजपत्रमा प्रकाशित गर्न लागिएको र कृषि हानिकारकको रुपमा बँदेलको म्याद थप गरिएको जानकारी दिए।

रातो बाँदर किसानको खेतबारीमा आएर अन्नबाली हानी नोक्सानी पुर्‍याई हैरानी दिइरहेकोले कृषि हानिकारक वन्यजन्तुमा घोषणा गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो।वन मन्त्री शाहीका अनुसार वन्यजन्तु ऐन संशोधन गर्न मन्त्रालय पूर्ण रुपमा सहमत छ। बिकास निर्माणमा वातावरणीय अध्ययन प्रक्रिया पनि निकै गाह्रो र झन्झटले विषय भएको र उक्त प्रक्रियालाई पनि सहज बनाउन मन्त्रालयको ध्यानाकर्षण भएको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *