सडक आन्दोलनमा गएको खेमाले बाह्य शक्ति निम्त्याए


ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सडक आन्दोलनमा गएको नेकपाकै एक खेमाले बाह्य शक्ति निम्त्याएको आरोप लगाएका छन्।

ओली समूहको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलाका लागि पाल्पा आएका मन्त्री ज्ञवालीले शनिबार पाल्पाको तानसेनमा आयोजित पत्रकार भेटघाटमा कार्यक्रममा सडक आन्दोलनमा गएको समूहले बाह्य शक्तिलाई गुहारेको आरोप लगाएका हुन्।
उनले प्रचण्डले एक अन्तर्वार्तामा छिमेकी देश गुहारेको बताए। उनले बाह्य शक्ति निम्त्याउने खेलको पर्दा खुल्दै गएको दावी गरे।मन्त्री ज्ञवालीले सरकारलाई काम गर्न नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसम्मत रुपमै प्रतिनिधिसभा विगठन गरेको बताए। ‘प्रधानमन्त्रीले गरेको संसद् विघटनको निर्णय संवैधानिक र लोकतान्त्रिक भएको उनको कथन थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *