वित्तीय क्षेत्रको स्थायीत्वका लागि विश्व बैंकले १० अर्ब ६८ करोड ऋण दिने
विश्व बैंकले नेपालका लागि ८० मिलियन डलर (१० अर्ब ६८ कराड बढी रुपैयाँ) बराबर ऋण सहयोग स्वीकृत गरेका छ । नेपालको वित्तीय क्षेत्रको स्थायीत्व, वित्तीय समाधानको विविधिकरण र वित्तीय पहुँच विस्तारका लागि भन्दै विश्व बैंकको बोर्ड अफ एक्जीक्युटिभले सोमबार उक्त ऋण स्वीकृत गरेको हो ।
विश्व बैंकको विकास वृद्धिका लागि तेस्रो वित्तीय सहयोग नीतिले वित्तीय क्षेत्रलाई सहयोगसँगै यसको वृद्धिमा सहकार्य गर्ने गरको छ । यसले बैंकिङ, बीमालगायत क्षेत्रलाई आगामी दिनमा आईपर्ने समस्याबाट मुक्त हुन विशेष मद्धत गर्ने बताईएको छ । यसले डिजिटलाईजेशन, पूर्वाधार निर्माण, वित्तीय साक्षरतालगायतमा विशेष जोड दिने बताईएको छ ।
विश्व बैंकको यो परियोजनाले नेपालको हरित, लचिलो र समावेशी विकास तथा नेपालको अर्थतन्त्रमा सहयोग पुर्याउने निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने विश्व बैंक माल्दीभ्स, नेपाल र श्रीलंककाका लागि देशिय निर्देशक फरिस हदाद जर्भसले बताए ।