जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए


नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल भएको टिप्पणी गरेका छन् । इलामको उपनिर्वाचनमार्फत पपुलिजम स्वीकार्य नभएको सन्देश जनताले दिएको उनले बताए ।

एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले जातिवाद स्वीकार्य नभएको सन्देश पनि उपनिर्वाचनले दिएको उल्लेख गरे । कोसी प्रदेशको नामकरणविरुद्ध एमालेलाई नियोजित रूपमा कमजोर पार्न आन्दोलन चलाइएको उनको भनाइ छ ।महासचिव पोखरेलले एमालेको नेतृत्वमा सरकार बनाउँदा नेपाललाई विश्वको एउटा नमुना राष्ट्रका रूपमा पुर्‍याउन सफल भएको जिकिर गरे । तर, षड्यन्त्रपूर्व एमाले नेतृत्वको सरकार विस्थापन गर्दा मुलुक अप्ठ्यारो अवस्थामा पुगेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *