साधना लघुवित्तको खुद नाफा ६ करोड


साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ करोड १२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा करिब ३६६ प्रतिशतले बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले १ करोड ३१ लाख रूपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको थियो ।

तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने २ करोड १९ लाख रूपैयाँभन्दा बढी छ । यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज उल्लेख्य मात्रमा घट्दा खुद नाफामा सकारात्मक प्रभाव परेको हो । गत वर्ष २ करोड ५८ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष ७ लाख रूपैयाँभन्दा बढी रहेको हो । जसको कारण गत वर्ष १ करोड ८७ लाख रूपैयाँभन्दा बढी रहेको सञ्चालन नाफा यस वर्ष करिब ३६६ प्रतिशतलेनै बढेर ८ करोड ७४ लाख रूपैयाँभन्दा बढी भएको छ ।

हाल कम्पनीको चुक्तापँजी ३८ करोड २२ लाख ५८ हजार रूपैयाँ छ । रिटर्न अर्निग ७८ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम भने १ करोड ७५ लाख रूपैयाँभन्दा बढी छ । कर्जा सापटी रकम गत वर्ष ३ अर्ब ४० करोड रूपैयाँभन्दा बढी रहेकोमा यस वर्ष ३ अर्ब ७२ करोड रूपैयाँभन्दा बढी छ । निक्षेप संकलन पनि बढेको छ ।

गत वर्ष १ अर्ब २८ करोड रूपैयाँभन्दा बढी रहेको निक्षेप संकलन यस वर्ष १ अर्ब ३६ करोड रूपैयाँभन्दा बढी छ । कर्जा प्रवाह भने गत वर्ष ५ अर्ब ८ करोड रूपैयाँभन्दा बढी रहेकोमा यस वर्ष ५ अर्ब ५३ करोड रूपैयाँभन्दा बढी छ । निक्रिय कर्जा गत वर्ष ३ दशमलव ७७ प्रतिशत रहेकोमा यस वर्ष ४ दशमलव १० प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी २१ रूपैयाँ २५ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १४८ रूपैयाँ शून्य ८ पैसा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *