विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छ


उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले विपद्‌मा परेका नागरिकको जीवन बचाउन सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी रहेको बताएका छन्। शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले विपद्‌मा परेका नागरिकको जीवन बचाउन सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी रहेको बताएका हुन्।

सातै प्रदेशले एयर एम्बुलेन्सको अवधारणा बनाउनुपर्ने उल्लेख गर्दै उनले पैसाको अभाव देखाएर विपद् व्यवस्थापनको काम नगरिएको र इच्छाशक्ति भएमा बजेट व्यवस्थापन हुनसक्ने धारणा राखे। विपद् व्यवस्थापनका लागि आवश्यक उपकरणको जोहो गर्नुपर्ने गृहमन्त्री लामिछानेको भनाइ थियो।उनले विपद्‌बाट नागरिकको जीवन बचाउने कुरालाई राष्ट्रिय प्राथमिकताको विषय बनाउनुपर्नेमा जोड दिए। देशभरका दमकलहरुलाई एकीकृत रुपमा सञ्चालन गर्नेगरी अभ्यास गरिरहेको जानकारी दिँदै उनले देशैभरि विभिन्न कार्यविधि र निर्देशन अनुरुप चलिरहेका एम्बुलेन्सहरुलाई एकीकृत प्रणालीमा ल्याएर सञ्चालन गर्नुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *