नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान
आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरिएको छ । मंगलबार तथ्यांक कार्यालयले वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गरेको हो ।
तथ्यांक कार्यालयका अनुसार यस आवमा उपभोक्ता मूल्यमा ३.८७ प्रतिशत हुने अनुमान गरिएको छ । यसका साथै सो आवमा आधारभूत मूल्यमा ३.५४ प्रतिशत र अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब रहने कार्यालयले जनाएको छ ।