राजनीतिक रूपमा अपराधिक काम गर्नुपरेको रहेछ !
काठमाडौं । विभाजित नेकपाको प्रचण्ड-नेपाल समूहको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति रोष प्रकट गरेकी छिन् ।
उनले शुक्रबार फेसबुकमार्फत प्रजातन्त्रको जग बसाउन जनताको जनादेशलाई कुल्चदै संसद विघटनजस्तो राजनीतिक रूपमा अपराधिक काम गर्नुपरेको रहेछ भन्दै कटाक्ष गरेकी छिन्“प्रजातन्त्रको जग बसाउन, जनताको जनादेशलाई कुल्चँदै संसद् विघटनजस्तो राजनीतिक रूपमा अपराधिक र कानुनी रूपमा असंवैधानिक काम गर्नुपर्ने रहेछ होइन ?’’ उनको प्रश्न छ ।
उनले पहिले पनि संविधानअनुसार अर्को सरकार बन्ने व्यवस्था छैन भनेर एकपटक प्रधानमन्त्री भएपछि बाँचुन्जेल खाने दाबी सुनिएकै हो भन्दै व्यङ्ग्यसमेत गरेकी छिन् ।
उनेले भनेकी छन्, “पहिले पनि यो संविधानअनुसार अर्को सरकार बन्ने व्यवस्था छैन भनेर एकपटक प्रधानमन्त्री भएपछि बाँचुन्जेल खाने दाबी सुनिएकै हो ।