बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु


प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले कमान्ड लिने गरी तयारी गरेको बताएका छन् ।

बजेटमा रणनीतिक महत्वका आयोजनाहरू ओझेलमा पर्ने, अनावश्यक योजनाहरू थपिँदै जाने, राज्यको दायित्व बढ्दै जाने र खास गुणात्मक प्रतिफल नदेखिने बेथितिको दुष्चक्रबाट मुक्त हुने गरी काम गर्न आफूले अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग सम्बन्धित मन्त्रालयहरूलाई गम्भीर ढङ्गले निर्देशन दिएको उनको भनाई छ ।

हेटौंडामा जारी नेपाल निर्माण व्यवसायी महासङ्घको २५ औँ साधारणसभामा बोल्दै उनले अघिल्लो सरकारमा प्रधानमन्त्री एकातिर कुद्न चाहने र अर्थमन्त्री अर्कोतिर कुद्न चाहँदा जटिलता उत्पन्न भएको बताए । सोही कारण अघिल्लो सरकारमा हुँदा निर्माण व्यवसायीले भुक्तानी पाउने विषयमा कुरा नमिलेको दाहालको भनाई छ ।

प्रधानमन्त्रीले अघिल्लो सरकारमा हुँदा निर्माण कार्यबापत निर्माण व्यवसायीले प्राप्त गर्नुपर्ने बक्यौता रकम भुक्तानीको प्रक्रियाले निकै जटिलता दिएको बताए ।आफूले लामो समयदेखि निर्माण व्यवसायीहरूले गरेको कामको निम्ति सरकारले भुक्तानी दिन आनाकानी गर्नुजस्तो बेइमानी केही हुनै नसक्ने बताएको उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *