नेपाल वायुसेवा निगमलाई पांच अर्ब नोक्सानी


कोरोना महामारीका कारण सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले ५ अर्ब नोक्सानी व्यहोरेको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोनाको असर सबैभन्दा धेरै निगमलाई परेको हो ।

गत वर्षको तुलनामा यस वर्ष निगमले ५ अर्बभन्दा बढी आम्दानी गुमाएको हो । अन्तराष्ट्रिय उडानतर्फ निजी क्षेत्रको लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले २ अर्ब बराबरको आम्दानी गुमाएको छ ।
दुबै एयरलाइन्सले बन्दाबन्दीको समयमा केही चार्टर्ड उडान गरर केही आम्दानी गरेपनि नियमित उडान गर्न नपाउँदा ठूलो आम्दानी गुमाइरहेका छन् ।

कोरोनाका कारण नेपालको हवाई उद्योगले साढे १७ अर्ब भन्दा माथिको आम्दानी गुमाएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । उनका अनुसार उक्त तथ्यांक सन् २०२०को मार्चदेखि नोभेम्बरसम्मको हो ।

प्राधिकरणको तथ्यांक अनुसार आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीहरुले उक्त अबधिमा १० अर्ब ६२ करोड बराबरको आम्दानी गुमाएका छन् ।
वायुसेवा कम्पनी सगैँ प्राधिकरणको आम्दानीमा समेत ठूलो असर परेको महानिर्देशक पोखरेल बताउँछन् । कोरोनाका कारण प्राधिकरणको आम्दानी गत वर्षको तुलनामा उक्त अबधिमा ५ अर्ब ६९ करोडले कमी आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *