गठबन्धन सरकारका कारण व्यवस्थाप्रति नै नकारात्मक धारणा विकास भयो


नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गठबन्धन सरकारका कारण व्यवस्थाप्रति नै नकारात्मक धारणा विकास हुँदै गएको बताएका छन् । शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले वर्तमान सरकार पूर्णरूपमा असक्षम र असफल देखिएको भन्दै गठबन्धन सरकारको कारण व्यवस्थाप्रति नै नकारात्मक धारणा विकास हुँदै गएको बताए ।

उनले सरकार खर्च जुटाउने कुरामा पनि असफल रहेको बताए । देशको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको प्रश्न यतिबेला इतिहासकै कमजोर भएको पोखरेलको भनाइ थियो ।

उनले अभियोग लागेका व्यक्तिहरू झन्डा हल्लाउँदै अख्तियारमा धाउने गरेको भन्दै विभिन्न प्रकरणमा संलग्न मन्त्रीहरूलाई प्रधानमन्त्रीले हटाउन नसकेको तर्क गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *