साढे पाँचहजार मिटरब्याज पीडितलाई न्याय दिने काम भइरहेको छ


गृहमन्त्री नारायणकाजी श्रेष्ठले साढे पाँचहजार मिटरब्याजी पीडतलाई न्याय दिने काम भइरहेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले साढे पाँचहजार मिटरब्याजी पीडितलाई न्याय दिने काम भइरहेको बताए ।

उनले तत्कालीन आयोगमा आएका उजुरीहरूलाई मन्त्रिपरिषद्ले निर्णय गरेर जिल्ला प्रहरी कार्यालयमा पठाएको भन्दै पहिले प्रहरीले मेलमिलापको अपिल गर्ने बताए । प्रहरीले पीडितलाई न्याय दिने गरी मेलमिलापको प्रयास गर्ने पनि उनको भनाइ छ ।

त्यसो हुन नसकेमा थप अनुसन्धान गरेर अभियोजनको प्रक्रियामा जाने बताउँदै उनले पीडितलाई कुनै पनि हालतमा न्याय दिने आश्वासन दिए ।

“अहिले साढे पाँच हजार जति मिटरब्याजी पीडितहरूलाई न्याय दिने काम भइराखेको छ । तर, के बुझ्नुपर्छ भने यो सामन्तवादको शोषणको अत्यन्त निकृष्ट अभिव्यक्ति हो र यो हामीले ठूलो मेहनत गरेर मात्रै यसलाई समाधान गर्न सकिन्छ,” उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *