यमनमा प्रधानमन्त्री र मन्त्री लक्षित आक्रमण
यमनको एडन विमानस्थलमा प्रधानमन्त्री र मन्त्रिपरिषद सदस्यहरूलाई लक्षित गरी भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
आक्रमणमा ५० भन्दा बढी घाइते भएका छन् । द्वन्द्वग्रस्त यमनका नवनियुक्त मन्त्रीहरू सवार विमान अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै विस्फोट भएको बीबीसीले जनाएको छ ।सहायतामा जुटेकाहरू पनि घटनामा हताहत भएको जनाइएको छ ।
त्यहाँका प्रधानमन्त्री मीन अब्दुल मलिकले आफू र मन्त्रिपरिषद् सदस्यहरू ‘सकुशल’ रहेको बताएका छन्।
साउदी अरेबियाले नेतृत्व गरेको अरब राष्ट्रहरूको समूहले हुथी विद्रोहीहरूलाई परास्त गर्न र राष्ट्रपति अब्दराबा मन्सुर हादीको शासन स्थापित गर्न सैन्य कारबाही सुरु गरेसँगै यमनमा फेरि आक्रमणका घटना बढेका छन् ।
यमनको एउटा समाचार वेबसाइट अल-मस्दरलाई उद्धृत गर्दै बीबसीले जनाएअनुसार श्रम मन्त्रालयका उपसचिव मारिएको र दुई जना उपमन्त्री घाइते भएको उल्लेख गरेको छ।एजेन्सी