रोहित चम्किँदा क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित


बलिङमा कप्तान रोहितकुमार पौडेल चम्किएपछि एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले क्यानडाविरुद्ध सात रनको रोमाञ्चक जित निकालेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा सबै विकेट गुमाएर २१७ रनमात्र बनायो ।

एक समय क्यानडा १७४–४ को सहज अवस्थामा थियो । त्यसपछि ४३ रन जोड्दा ६ विकेट गुमाउँदा नेपालले सात रनको रोमाञ्चक जित निकालेको हो ।

क्यानडाका निकोलस किर्टोनले ६८ रन बनाए पनि टिमको हार टार्न सकेनन् । उनले ९९ बलमा सात चौका प्रहार गरे । यस्तै, पर्गत सिंहले ५८ बलमा नौ चौकासहित ५० रन बनाए । ३५–२ को अवस्थाबाट यी दुईले ७९ रनको साझेदारी गर्दै क्यानडाको इनिङ सम्हालेका थिए ।

तर, यसपछिका ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । हर्ष थाकेरले ३२ र आरोन जोन्सनले २० रन जोड्दा अन्यले दोहोरो अंकमा रन थपेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *