अमेरिका र बेलायतद्वारा यमनमा हुथीविरुद्ध आक्रमण


अमेरिका र बेलायतले यमनका हुथी विद्रोहीविरुद्ध पुनः हमला गरेका छन् । लाल सागर भएर ओहोर दोहोर गर्ने पानीजहाजलाई लक्षित गरी हुथी विद्रोहीले आक्रमण गरेको बदलामा अमेरिका र बेलायतले हुथीविरुद्ध कारवाही चलाएका हुन् ।

रोयटर्सका अनुसार शनिबार अमेरिका र बेलायतले यमनका विभिन्न १३ स्थानमा रहेका ३६ वटा हुथी निशानालाई लक्षित गरी हमला गरेका छन् । केही समयअघि मध्यपूर्वमा तैनाथ अमेरिकी सेनामाथि हमला भएसँगै सो क्षेत्रमा तनाव बढ्दै गएको छ ।अमेरिकी रक्षा प्रशासन पेन्टागनले पछिल्लो पटक हुथी विद्रोहीका हतियार भण्डारण, क्षेप्यास्त्र प्रक्षेपण तथा अन्य सैन्य क्षमतालाई लक्षित गरी हमला गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *