२६ वर्षमै डेढ अर्बको अवैध कारोबार, ठगीको रकमबाट क्रिप्टो र बिटक्वाइन खरिद !


बेरोजगारी र गरिबीले पिल्सिएका आम नेपाली युवाले २६ वर्षभित्र कति कमाउलान्‌ ? देशभित्र राम्रै जागिर पाए बढीमा १० लाख रुपैयाँ । लाखौं/करोडौं रुपैयाँ कमाउनेगरी व्यवसाय नै गर्न त गरीबले कहाँबाट बीऊपूँजी जुटाउनु !

तर सप्तरी राजविराजका २६ वर्षीय डम्बर साहका हकमा यो सीमा लागू भएन । उनले २६ वर्षकै उमेरमा कम्तिमा डेढ अर्ब रुपैयाँ बराबर कारोबार गरे । तर अबैध कारोबार ! यस्तै कारोबारले अन्ततः साहलाई प्रहरी खोरमा पुर्‍याएको छ ।

ठगी, क्रिप्टो र नक्कली कम्पनी/व्यक्तिका १५ बैंक खाताबाटै शंकास्पद ढंगले डेढ अर्ब रुपैयाँ कारोबार गरेको भेटिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साहलाई पाँचथरबाट पक्राउ गरेको हो । दुई वर्षकै बीचमा उनले डेढ अर्ब रुपैयाँ बराबरको अवैध कारोबार गरेको देखिएको कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले बताए ।

प्रहरीका अनुसार, पार्सल पठाएको र छुटाउन रकम डिपोजिट गर्नुपर्ने भन्दै ठगी गर्ने समूहसँग साहको सम्बन्ध गरेको पाइएको छ । यस्ता कम्तिमा ३४ वटा खाताबाट पार्सलका नाममा ठगी गरिएको रकम डम्बरको खातामा डिपोजिट भएको खुलेको छ ।

त्यसरी डिपोजिट भएको रकमलाई शाहले क्रिप्टोमा बदल्ने, नगद परिचालन गर्ने र कमीशन समेत लिने गरेको भेटिएको छ । अहिले पनि उनको खातामा ७५ लाख रुपैयाँ मौज्दात रहेको प्रहरीले जानकारी दिएको छ ।साहले यसबीच दुई वर्षभित्र ११ वटा व्यक्तिगत र उद्‌गम भेञ्‍चर क्यापिटल कम्पनीका नाममा ४ वटा खाता खोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *