मुलुकलाई निकास दिन नयाँ राजनीतिक सम्झौताको खाँचो


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकलाई निकास दिन नयाँ राजनीतिक सम्झौताको खाँचो रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल प्राज्ञिक परिषद्ले आयोजना गरेको कार्यक्रममा उनले अहिलेको व्यवस्थाका कारण मुलक अप्ठ्यारो अवस्थामा रहेको जिकिर गरे । मुलुकलाई निकास दिन नयाँ राजनीतिक सम्झौताको खाँचो रहेकामा उनले जोड दिए ।धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता खारेजीको राप्रपाले गरेको माग मुलुकलाई पछाडि धकेल्ने विषय नभएको उनको भनाइ छ । उनले हिजो र आजका राम्रा कुरालाई लिएर नयाँ ढंगले अघि बढ्नुपर्ने बताए । माओवादीदेखि राजासम्म सबै रहने व्यवस्था हुनुपर्ने उनको धारणा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *