सुनकर्जा घोटालामा मुख्य अभियुक्त ठहरिएका ज्ञवाली पक्राउ
काठमाडौँ।सुनकर्जा घोटालामा मुख्य अभियुक्त ठहरिएका पद्म ज्ञवाली पक्राउ परेका छन्। ज्ञवालीलाई सोमबार साँझ पक्राऊ गरिएको केन्द्रीय अनुसन्धान व्यूरो सिआईवि ले जनाएको छ।
एक महिनाको प्रयासपछि उनि बालुवाटारबाट पक्राउ परेको सिआइबी प्रवक्ता बेलबहादुर पाण्डेले बताए। उनकाअनुसार कमतौलको सुन राखेर बढी कर्जा लिएका ११ ऋणी मध्ये ३ जना पक्राउ भईसकेका छन् भने बाँकी ८ जना पक्राउ हुन बाँकी नै छ। कर्जा प्रवाहको समयमा हस्ताक्षर गर्ने ३ जना बैंकका शाखा प्रवन्धकहरु यस अघि नै पक्राउ परिसकेका छन्।
ललितपुरको कुमारीपाटी शाखाका कर्मचारीको मिलोमतोमा ५ किलो २ सय ग्राम सुनमा १७ किलोको कागज बनाएर ९ करोड ९३ लाख कर्जा लगेका थिए। यसको ब्याज सहित ७ करोड कर्जा असुल हुन सकेको छैन।