महशुल नतिरेका उद्योगमा लाइन जोड्दै प्राधिकरण
नेपाल विद्युत प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेका तर त्यसबापतको प्रिमियम महशुल नतिरेका ग्राहकहरूको विद्युत आपूर्ति जोड्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यापारीको प्रलोभनमा परी मंगलबार बेलुकी क्याबिनेटबाट लाइन जोड्ने भनी निर्णय गराएका थिए । सो निर्णयको जानकारी प्रकृयागत ढंगले प्राप्त भएकाले लाइन जोडिदिने निर्णय भएको प्राधिकरणले जानकारी दिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतको अध्यक्षतामा शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६० औं बैठकले मन्त्रिपरिषद्को निर्णय बमोजिम काटिएको विद्युत् लाइन सुचारु गर्ने निर्णय गरेको हो ।
प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बक्यौता भएका २४ वटा उद्योगको लाइन काटेको थियो । त्यसमध्ये हिमाल स्टीलले बक्यौता किस्ताबन्दीमा तिर्न सुरु गरेपछि लाइन जाडिएको थियो ।