लालसागरमा अमेरिका र बेलायती सेनाको कारबाही शुरु
अमेरिका र बेलायती सेनाको एयरफोर्सले मध्यपूर्वी मुलुक यमनमा हुती विद्रोहीको खडामाथि विहीबार मध्यरातिदेखि हमला सुरु गरेका छन् । लालसागरमा भएको यो कारवाहीले मध्यपूर्वी देशहरूको क्षेत्री सन्तुलनमा उथलपुथल ल्याउने अनुमान गरिए पनि यो सैन्य कारवाही लालसागरको अन्तर्राष्ट्रिय समुद्री बाटोको सुरक्षा चुनौती समाप्त गर्ने मात्र उद्देश्य रहेको गठबन्धन देशहरूको दाबी छ । इजरालयले गाजामाथि आक्रमण गरिरहेकै बेला इजरायलका सहयोगी देशहरूले यमनको हुती विद्रोहीमाथि हमला थालेका हुन् । यमनका हुती विद्रोहीहरू इजरायलको विरुद्धमा लडिरहेका छन् । उनीहरूलाई इरानको साथ रहेको बताइँदै आएको छ ।
साउदी अरेबियाले भने हुती विद्रोहीको विपक्षमा यमन सरकारलाई साथ दिँदै आएको छ । तर, यो हुतीमाथिको आक्रमण सुरु भएपछि साउदीले संयम अपनाउन अमेरिका र बेलायतलाई भनेको छ ।