नामिबियाविरुद्ध नेपालको रोमाञ्चक जित
आइसिसी यु–१९ विश्वकप अघिको अभ्यास खेलमा नेपालले नामिबियालाई पराजित गरेको छ । बिहीबार साँझ सम्पन्न खेलमा नेपालले नामिबियालाई ६ रनले हराएको हो ।
बर्षाको कारण ३० ओभरमा छोट्टाइएको खेलमा जितको लागि १ सय ४२ रनको लक्ष्यसहित मैदान उत्रिएको नामिबिया २९.५ ओभरमा ३५ रन बनाउँदा अल आउट भयो । उसका लागि कप्तान बसिंग वोल्स्चेंकले ४९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५० रन बनाए ।
नेपालका गुलशन झाले र आकाश चन्दले ३/३ विकेट लिए । भनेदुर्गेश गुप्ताले ६ ओभरमा २२ रन खर्चेर २ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै एक सय ४१ रन बनाएको थियो । नेपालका लागि दिपक डुम्रेले ३२ रन, आकाश त्रिपाठीले २१, विपिन रावलले २० उत्तम थापा मगर १२, विशाल बिक्रमले केसि १४ र दिपक बोहराले १५ बनाए ।नामिबियाका जे करिआटा, जेन्स रेन्सबर्ग र बडेन्हओरस्टले समान २/२ विकेट लिए । नेपालले पहिलो अभ्यास खेलमा स्कटल्याण्डलाई १ सय ३५ रनले हराएको थियो ।