उपचारात्मक वर्षको रुपमा सन् २०२१ लाई मनाउन राष्ट्रसंघको जोड
कोरोनाभाइरसका कारण संकटग्रस्त मुलुकहरुलाई, नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष का रुपमा मनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वका सबै समुदायलाई उपचारात्मक वर्षको रुपमा सन् २०२१ लाई मनाउन भिडियो सन्देश मार्फत् आह्वान गरेका हुन ।
नयाँ बर्षको अवसरमा शुभकामना सन्देश सहितको भिडियो सन्देशमा उनले महामारीका विरुद्धमा सँगसगै लड्नु पर्नेमा जोड दिएको छ ।
“आउनुहोस्, शान्ति स्थापनाका लागि सँगसगै काम गरौँ, सहकार्य गरौँ र अबरोध तथा समस्याहरुको सामना पनि गरौँ”, उनले भिडियोमा भनेका छन् ।एजेन्सी