तीन बीमा कम्पनीलाई प्राधिकरणले गर्यो कारबाही, कुन कुन परे ?
नेपाल बीमा प्राधिकरणले तीन बीमा कमपनीहरुलाई कारबाही गरेको छ । प्राधिकरणको सञ्चालक समितिको बैठकले तीन वटा निर्जीवन बीमा कम्पनीहरूलाई नगद जरिवाना गर्ने निर्णय गरेको हो ।
कारबाहीमा परेका बीमा कम्पनीहरुमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, युनाइटेड अजोड र राष्ट्रिय बीमा कम्पनी रहेका छन् । यी कम्पनीहरुलाई २–२ लाखको दरले जरिवाना गरिएको प्राधिकरणले जनाएको छ । यी कम्पनीहरुले उधारो बीमा गराएको पाइएको प्राधिकरणले जनाएको छ । साथै दाबी भुक्तानीका समयमा समेत बीमितलाई दुःख दिने गरेको प्राधिरणले जनाएको छ । यसबारे प्राधिकरणले जवाफ माग्दा चित्तबुझ्दो स्पष्टिकरण कम्पनीहरुले नदिएपछि कारबाही गरिएको जनाइएको छ ।