‘राष्ट्रपति कुनै व्यक्तिको, गुटको, उपगुटको हुंदैन्: भीम रावल
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य भीम रावलले राजनीति गर्ने भए सडकमा आउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई ठाडो चुनौती दिएका छन्।
धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै रावलले प्रतिनिधसभाको बैठक बोलाउन आफूहरुले राष्ट्रपतिसमक्ष ८३ सांसदको हस्ताक्षरसहित निवेदन दिन गएको तर उक्त निवेदन दर्ता नगरिएको पनि बताए।
‘राष्ट्रपति सबैको राष्ट्रपति हो। राष्ट्रपतिले संविधानको संरक्षण गर्नुपर्छ। त्यसैले निवेदन दर्ता गर्नुस् भन्यौं। दर्ता गरिएन। सहमतिका नाममा हामीलाई फिर्ता बोलाइयो। तर संसदै विघटन गरियो।’
रावलले राष्ट्रपतिको कार्यशैलीमाथि प्रश्न गर्दै भने, ‘राष्ट्रपति कुनै व्यक्तिको, गुटको, उपगुटको होइन। उहाँले यदि कुनै गुटको संरक्षण गर्न चाहनुहुन्छ? यदि उहाँ संविधानको मर्यादालाई नाघेर राजनीति गर्न चाहनुहुन्छ भने म भन्न चाहन्छु, हजुर शीतल निवासमा नबस्नुस्। यहाँलाई गुटको राजनीति गर्न मन लागेको छ भने धनगढीको सडकमा आउनुस्।