राष्ट्रिय वाणिज्य बैंकले ५.५ प्रतिशत लाभांश वितरण गर्ने
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले यस वर्ष ५ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कर समेत ५ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
लाभांश समेत अन्य विविध प्रस्ताव पारितका लागि पुस २९ गते वार्षिक साधारण सभा गर्ने निर्णय पनि कम्पनीले गरेको छ । हाल संस्थापक शेयरधनीहरूको मात्र स्वामित्व रहेको यस कम्पनीले सर्वसाधारणमा शेयर जारी गरेको छैन । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।