टीआरसी विधेयक सहमतिबाटै अगाडि बढाउनुपर्छ
कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिबाटै अगाडि बढाउनुपर्ने बताएका छन् ।
अल्पमत र बहुमतको प्रक्रियाबाट विवादित विषय टुंग्याउने हतारो नगर्न समेत उनले संसदीय समितिलाई आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्न कानुनमन्त्री गुरुङलाई बोलाएको थियो ।
उनका अनुसार कानुन समितिमा सहमति जुट्न बाँकी विधयेकका चार विषयमा शीर्ष तहमा छलफल भएको छ । सबै एकमत भएर वृहत शान्ति सम्झौता भएको भन्दै उनले प्रक्रियामा जान तयार गर्न नहुने बताए ।