चीनको उत्तरपश्चिमी भूकम्पमा परी मृत्यु हुनेको संख्या १२७ पुग्यो
चीनको उत्तरपश्चिमी क्षेत्रमा मंगलबार बिहानै गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या एक सय २७ जना पुगेको छ ।
मङ्गलबार दिउँसोसम्म गान्सु प्रान्तमा मध्यरातभन्दा ठीकअघि गएको भूकम्पबाट कम्तीमा एक सय १३ जनाको मृत्यु र पाँच सय ३० जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएका छन् । सरकारी समाचारपत्र पिपुल्स डेलीका अनुसार छिमेकी किङ्घाई प्रान्तको ह्याडोङमा थप १४ जनाको मृत्यु र एक सय ९८ जना घाइते भएका छन् । सरकारी प्रसारक सिसिटिभीका अनुसार भूकम्पबाट एक लाख ५५ हजारभन्दा घेरै भवन क्षतिग्रस्त भएका छन् र बासिन्दाहरू सुरक्षाका लागि चिसो सडकमा भागेका थिए । भूकम्पको केन्द्र नजिकै एक गाउँमा इँटाले बनेको एउटा घरको बाहिर र भित्री पर्खाल तथा अर्को भवनको छत पूरै ढलेको देखेको एएफपीका संवाददाताहरूले बताएका छन् ।