रास्वपाले बनायो १२ सदस्यीय सचिवालय,स्वर्णिम बने उपसभापति


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १२ सदस्यीय सचिवालय बनाएको छ । सभापति रवि लामिछानेको नेतृत्वमा बनेको सचिवालयमा थपिएकासहित सबै पदाधिकारी राखिएको छ ।

रास्वपाले स्वर्णिम वाग्लेलाई उपसभापति, सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री बनाएको छ । कोषाध्यक्षमा लिमा अधिकारी र सहकोषध्यक्षमा दीपक बोहोरालाई थप गरिएको छ ।सचिवालयमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारलाई पनि समेटिएको छ । यस्तो छ रास्वपाको सचिवालय 

१. सभापति – रवि लामिछाने
२. उपसभापति – डीपी अर्याल
३. उपसभापति – डा. स्वर्णिम वाग्ले
४. महामन्त्री – डा. मुकुल ढकाल
५. सहमहामन्त्री – कबिन्द्र बुर्लाकोटी
६. सहमहामन्त्री – सुमना श्रेष्ठ
७. सहमहामन्त्री – विपिन आचार्य
८. संसदीय दलको उपनेता – विराजभक्त श्रेष्ठ
९. प्रमुख सचेतक – सन्तोष परियार
१०. कोषाध्यक्ष – लिमा अधिकारी
११. सहकोषाध्यक्ष – बसु माया तामाङ
१२. सहकोषाध्यक्ष – दीपक बोहोरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *