एमाले र दुर्गा प्रसाईंलाई फरक-फरक ठाउँमा कार्यक्रमको अनुमति दिने जिल्ला प्रशासनको तयारी


नेकपा एमालेले मंसिर ७ गतेका लागि आयोजना गरेको युवा विद्यार्थी भेला र दुर्गा प्रसाईंको नेतृत्वमा हुन लागेको प्रदर्शनका लागि फरक-फरक ठाउँमा अनुमति दिने तयारी काठमाडौं जिल्ला प्रशासन कार्यालयले गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रवक्ता रवीन्द्रप्रसाद आचार्यले कार्यक्रमका लागि कुनै पक्ष पनि अनुमति माग्न नआएको बताए। उनले भने,  ‘हामी कहाँ अनुमति माग्न आएमा दुवैलाई उपयुक्त ठाउँमा प्रदर्शनका लागि सुझाउँछौं। उचित सुरक्षा प्रबन्ध गर्छौं।दुवै पक्षले प्रदर्शनस्थल माइतिघर मण्डलालाई तय गरेका छन्। एमालेले सरकार र अराजकता विरुद्ध युवा विद्यार्थी प्रदर्शन गर्ने जनाएको छ। महेश बस्नेतको नेतृत्वमा हुने उक्त प्रदर्शनलाई नेकपा एमालेले अपनत्व लिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुले सम्बोधन गर्ने तयारी गरिएको छ।

सोही दिन दुर्गा प्रसाईंको नेतृत्वमा ‘वृहत नागरिक मुक्ति आन्दोलन’ भनिएको छ। देशभरबाट सहभागी हुन आह्वान गरिएको छ। राजतन्त्रवादी र धर्म निरपेक्षता खारेजको पक्षमा रहेकाहरुको उनलाई समर्थन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *