टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय निरंकुशताको बाटो


सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट गरेको टिकटक प्रतिबन्धको निर्णयले यतिबेला चर्चा पाइरहेको छ।सबैतिर सरकारको यो कदमको आलोचना भइरहेको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातन्त्र, मानवअधिका र अभिव्यक्ति स्वतन्त्रताको ध्वाँस दिनेहरुबाटै टिकटकमाथि प्रतिबन्ध लगाइएको टिप्पणी गरेका छन्। उनले भनेका छन्, ‘प्रजातन्त्र, मानवाधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठूलठूला ध्वाँस दिनेहरुबाट टिकटकमाथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त छ। यो निर्णय निरंकुशताको बाटो हो।

अध्यक्ष लिङ्देनले कुनै पनि प्रकारका सामाजिक सञ्जालबाट हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक रहेको तर प्रतिबन्ध भने स्वीकार गर्न नसकिने बताएका छन्।

उनले अघि भनेका छन्, ‘कुनै पनि प्रकारका सामाजिक सञ्जालबाट हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक छ। तर त्यही नाममा प्रतिबन्ध स्वीकार गरिन्नँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *