सरकारले भूकम्प प्रभावितलाई राहत पठाउन उपेक्षा गरेको छैन


उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट, रुकुम पश्चिम र बझाङका भूकम्प प्रभावितहरुका लागि राहत पठाउन सरकारले उपेक्षा नगरेको बताएका छन्। आइतबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १९औं बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जाजरकोट, रुकुम पश्चिम र बझाङका भूकम्प प्रभावितहरुका लागि राहत पठाउन सरकारले उपेक्षा नगरेको स्पष्ट पारेका हुन्। उनले आफूहरुले भुकम्पपछि कत्ति पनि ढिलो नगरी त्रिपाल, टेन्ट, म्याट्रेस, ब्ल्याङ्केट र खाद्यान्नहरु पठाएको र पठाउने क्रम जारी रहेको बताए। सरकारसँग भएको साधन र स्रोतकाअनुसार राहत पठाइरहेको उनको भनाइ छ। उनले आवश्यकताअनुसार चिकित्सक, स्वास्थ्य उपकरण र औषधिहरु पनि उपलब्ध गराइएको जानकारी दिए। यस्तै अस्थायी आवास बनाउनका लागि ढिलो गर्न नहुनेमा उनले जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *