भूकम्प प्रभावितलाई सानिमा बैंकले २५ लाख सहयोग गर्ने


शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितहरुको लागि सानिमा बैंकले आर्थिक सहयोग गर्ने भएको छ । बैंकले २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

विपद्को यस दुखद घडीमा खोज, उद्धार र राहतका लागि उक्त क्षेत्रमा सहायता पुग्ने बैंकको विश्वास छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने जनाईएको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटिएम संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *