कोशीमा सरकार गठनको जिम्मेवारी देउवाले लिनुपर्ने कांग्रेस महामन्त्रीद्वयको भनाइ
नेपाली कांग्रेसका महामन्त्रीद्वय महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कोशीमा नयाँ सरकार गठनको जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताएका छन् ।
सोमबार कोशी प्रदेशको घटना क्रमका विषयमा पार्टी सभापति देउवाले बोलाएको छलफलका क्रममा थापा र शर्माले कोशी प्रदेशमा भएको दुर्घटनाको आत्मसमीक्षा गर्दै त्यसको जिम्मेवारी सभापतिले लिनुपर्ने बताएका हुन् ।
छलफलका क्रममा कोशी प्रदेशको पछिल्लो राजनीतिक अवस्थामा बारेमा छलफल भएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । कोशीमा एमालेसँगको गठबन्धनमा सरकार बन्नुपर्छ भन्नेमा महामन्त्रीद्वयको यसअघि नै धारणा रहेको उनले बताए ।
उनले यसअघि एमालेको मुख्यमन्त्रीलाई नै सहयोग गर्नुपर्छ भन्ने आफुहरुको सुझाव नमान्दा अहिलेको अवस्था आएको जिकिर गरे । माओवादीका नेता इन्द्र आङ्वोलाई कोशीको मुख्यमन्त्रीमा सभापतिले प्रस्ताव गर्दा नै आफूहरुको असहमति गरेको उनको भनाइ छ ।