एमालेको ‘मिसन-२०८४’ एकल बहुमतको सरकार : ओली
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको ‘मिसन–२०८४’ एकल बहुमतको सरकार रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको समृद्ध नेपाल, सुखी नेपाली आवधिक लक्ष्य मिसन २०८४ मा एकल बहुमतको सरकारको भएको बताए ।
उनले जनताका बीचमा गए, सम्झाए, जनताबाट मत प्राप्त गरे असम्भव नरहेको बताए । अहिले अनेक प्रकारका उद्देश्य र तत्व सल्बलाइरहेको उनको भनाइ छ ।
उनले आफूलाई अध्यावधिक नगरेका कारण कांग्रेस बुढो भएको बताए । उनले कांग्रेसको कुनै नीति र विधि नरहेको बताए ।
उनले भने, “अहिले हामी मिसन २०८४ भनेर अघि बढीरहेका छौँ । हरेकको गन्तव्य, हरेकको उद्देश्य अब एउटा आवधिक लक्ष्य भन्ने हो भने हाम्रो समृद्ध नेपाल, सुखी नेपाली हो । त्यसको आवधिक टार्गेट मिसन २०८४ हो । मिसन ८४ भनेको के हो भने हामी एकल बहुमतको हाम्रो सरकार ।”
अध्यक्ष ओलीले उद्देश्य र गन्तव्य बोकेर हिँडेको पार्टी पुरानो नहुने बताए ।