बैंकहरुलाई वित्तीय विवरण सार्वजनिक गर्न समय थप, १७ गतेसम्म सार्वजनिक गर्न पाउने


नेपाल राष्ट्र बैंकले बैंकहरुलाई वित्तीय विवरण सार्वजनिक गर्ने समय अवधि थप गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण बैंकहरुले कात्तिक १७ सार्वजनिक गर्न समय पाउने भएका हुन् ।

हालसम्म बैंकहरुले त्रैमास सकिएको सात दिनभित्र अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने ब्यवस्था थियो ।चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समयमा दसैं बिदा परेकाले समय थप गरिएको राष्ट्र बैंक बैंक सुपरभिजन विभागका कार्यकारी निर्देशक देब कुमार ढकालले बताए । अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्ने समय थपिएको भए पनि अन्य सुबिधाहरु यथावत रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *