राजादेखि विप्लवसम्म अटाउने व्यवस्था आवश्यक


राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजादेखि विप्लव माओवादीसम्म सबै अटाउने राज्य व्यवस्था नल्याए मुलुक थप सङ्कटमा फस्ने चेतावनी दिएका छन् ।

थापाले सबैलाई समुचित स्थान नदिने र निषेधको राजनीति कायम राखिराख्ने हो भने जनताले अब सडकबाटै व्यवस्था परिवर्तन गर्ने बताए ।

मुलुकमा अहिले कायम भ्रष्टतन्त्र, कुशासन , बेरोजगारी ,धर्मपरिवर्तनको अन्त्यलाई अब कसैले रोक्न नसक्ने बताउँदै थापाले जनता जागेपछि कसैको केही नलाग्ने जिकिर गरे । ‘जनता वाक्क दिक्क छन् , मनपरितन्त्र हावी छ, भ्रष्टाचारले सीमा नागेको छ,यस्तो बेलामा जनता टुलुटुलु बस्छन् भनेर सोच्यो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ, अब जनताले विकल्प खोज्छन्’ थापाले भने ।

देशको स्वाधीनता र स्वाभिमान कमजोर भन्दै थापाले आत्मसमर्पणवादी मानसिकताबाट ग्रस्त सरकारले स्वाधीनताको रक्षा गर्न नसक्ने दाबी गरे । राप्रपा नेपाल आन्दोलनको माध्यमबाट मुलुकको व्यवस्था र अवस्था परिवर्तन गर्न अगाडी बढ्ने स्पष्ट पार्दै थापाले राप्रपा नेपालको एजेन्डा स्थापित गर्दा कसैले अपमानित र निषेधको अनुभूती गर्नु नपर्ने, सबैलाई सम्मान हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *