लक्ष्मी सनराइज बैंकको ‘दशैं आयो’ योजना सार्वजनिक
दशैंलाई लक्षित गरी विभिन्न अफरहरु सहित लक्ष्मी सनराइज बैंकले ‘दशैं आयो’ योजना ल्याएको छ । दशैंको उपलक्ष्यमा अझ उत्साह र रमाईलो थप्न यो योजना ल्याइएको हो ।
असोज १८ देखि कार्तिक ३० गतेसम्म लागू हुने यस योजना अन्तर्गत लक्ष्मी सन्राइज बैंकको मोबाइल मनि, डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगमा विभिन्न प्रकारका क्यासब्याक (अबकजदबअप) प्राप्त गर्न सकिनेछ । परम्परागत रूपमा दशैंमा गरिने गतिविधीहरुलाई थप उत्साह प्रदान गर्न जस्तै मिठो खान–पिन, भ्रमण, शपिङ्ग तथा रमाईलोलाई ध्यानमा राखी सो योजना ल्याइएको हो ।
पहिलो अफर ’घुम्न जाउँला’ मा लक्ष्मी सन्राइज बैंकको मोबाइल मनि प्रयोग गरी बस र हवाई टिकट खरिद गर्दा क्रमशः २५० रुपैयाँ र ५०० रुपैयाँको क्यासब्याक पाउन सकिनेछ। यो अफर असोज १८ गते देखि कात्तिक ९ गते सम्म लागु हुनेछ । क्यासब्याक प्राप्त गर्नका लागि मोबाइल मनि मार्फत टिकट काट्नुका साथै सो अवधि भित्र कुनै एक बिल भुक्तानी पनि गर्नु पर्नेछ ।
अर्को अफर ’शपिङ्ग गरौँला’ मा भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा बढीमा एक हजार रुपैयाँसम्मको क्यासब्याक पाउन सकिनेछ । सो योजना असोज २७ गते देखि कात्तिक ३ गते सम्म लागू रहनेछ ।
यसैगरि ‘खाउँला पिउँला’ योजनामा असोज् २८ गते देखि कात्तिक १२ गते सम्म फुडमान्डु एप बाट अर्डर गरी लक्ष्मी सन्राइज बैंकको डेबिट÷क्रेडिट कार्ड वा मोबाइल मनिबाट अन्लाइन भुक्तानी गर्दा प्रति दिन प्रति व्यक्ति २० प्रतिशत वा बढीमा दुई सय रुपैयाँसम्म क्यासब्याक पाउन सकिनेछ । यस अफर अन्तर्गत केएफसीको तथा पिज्जा हटका कुनै पनि आउटलेटमा डेबिट कार्ड वा क्रेडिट कार्ड को ’ट्याप एण्ड पे’ (त्बउ बलम एबथ) फिचर प्रयोग गरी भुक्तानी गर्दा प्रति दिन प्रति व्यक्ति २० प्रतिशत वा बढीमा पाँच सय रुपैयाँसम्म क्यासब्याक पाइने छ ।
त्यस्तै, ‘रमाईलो गरौँला’ अफर अन्तर्गत क्युएफएक्स सिनेमा हलहरुमा टिकट खरिद गर्दा लक्ष्मी सन्राइज बैंकको डेबिट÷क्रेडिट कार्ड वा मोबाइल मनि मार्फत भुक्तानी गर्दा २५ प्रतिशत वा बढीमा पाँच सय रुपैयाँसम्म एक पटक क्यासब्याक प्राप्त गर्न सकिनेछ । यो योजना कात्तिक महिनाभर लागू हुनेछ ।